‘म भारतलाई सोध्ने वाला छु, ‘सत्यमेव जयते कि सिँह मेव जयते ?’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याएरै छाड्ने बताए । संसदमा आज संवोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नक्सा परिवर्तन गरेर ऐतिहासिक काम गरेको समेत बताए ।

‘संविधानमा परिवर्तन गर्दैछौं, नेपालको नक्साले पाठ्यपुस्तकमा परीवर्तन गरेको छ, लोगोहरु परीवर्तन गर्नेछ । नेपालको मानचित्रमा परिवर्तन ल्याएको छ ।’ उनले भने ।

ओलीले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहितको भूभाग समेटेर नक्सा सार्वजनिक गरेको काम ऐतिहासिक भएको बताए । ‘यो ऐतिहासिक काम हो । अब ठोस कुटनीतिक पहलद्वारा सिमा विवाद हल गर्नेछौं ।’

उनले भारतले पनि सत्यमेव जयतेलाई अनुशरण गर्ने जिकिर गरे । ‘सत्यमेव जयते भारतको झण्डामुनी छ, विस्वास चैं म गर्छु । म भारतलाई सोध्ने वाला छु, ‘सत्यमेव जयते कि सिँह मेव जयते ?’

उनले नेपालले सत्यमेव जयतेमा विस्वास गर्ने प्रष्ट पारे । ‘हामी हाम्रो भूमि फिर्ता गर्न सक्तछौं, किनभने सत्यमेव जयते’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *