भारतबाट आएकामा कडा खालको कोरोना भाइरस देखियो: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुमा कडा खालको कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन्। आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतबाट आएका व्यक्तिमा कडा खालको कोरोना संक्रमण देखिएको बताए।

उनले चीनको वुहान, इटाली र दुबैबाट आएका व्यक्तिमा नरम खालको संक्रमण देखिएको बताए। उनले सरकार कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सरकार सजग रहेको समेत बताए। सरकारले स्वास्थ्य उपकरण र पूर्वाधार निर्माणमा सरकारले जोड दिएको बताए।

हालसम्म एक लाख बढि मानिसमा कोरोना संक्रमण परीक्षिण गरिएको बताए। उनले लकडाउनको पालना नभएका क्षेत्रमा कोरोना संक्रमण बढि देखिएकोले लकडाउनको पालना गर्न आग्रह गरे। उनले भारतबाट लुकिछिपि आउने क्वारेनटाइनमा नबस्ने गरेकोले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने तर्फ सचेतता अपनाउन पर्ने बताए।

उनले कोरोना संक्रमण बढी भारतबाट वा बाहिरबाट आएका मानिसहरुमा मात्र देखिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *