प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्‍नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिने भएका छन् ।

मध्यान्ह १२ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ । यसअघि जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

प्रधानमन्त्रीको जवाफपछि आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *