अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर १९ लाख मानिस निको भएर घर फर्किए

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १९ लाख ७ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार १९ लाख ७ हजार ३ सय २३ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख २० हजार १२५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४८ लाख ९० हजार ६ सय भन्दा धेरै छ ।

अमेरिकामा मृत्युदर घट्यो
कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा लगातार दोस्रो दिन हजारभन्दा कमको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९८८ जनाको मृत्यु भएको छ । आइतबार अमेरिकामा कोरोनाका कारण ८६० जनाको मृत्यु भएको थियो ।

अमेरिकामा महामारीका रुपमा फैलिएको कोरोनाले दिनको करिब ३ हजारसम्मको ज्यान जाने गरेको थियो । तर पछिल्लो समय मृत्यु हुनेको संख्यामा निरन्तर कमी आएको हो । अमेरिकामा कुल मृतक संख्या ९१ हजार ९१५ पुगेको छ । १५ लाख ४९ हजार संक्रमित छन भने संक्रमितमध्ये ३ लाख ५४ हजार ३३९ जना उपचारपछि निको भएका छन् ।

रुसमा कोरोना भाइरसबाट २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ ।

बेलायतमा अहिलेसम्म २ लाख ४६ हजार ४०६ कुल संक्रमित भएका छन् भने ३४ हजार ७९६ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २५ हजार ८८६ कुल संक्रमित भएका छन् भने ३२ हजार ७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २७ हजार ३२६ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ७९ हजार ९२७ कुल संक्रमित भएका छन् भने २८ हजार २३९ जनाको मृत्यु भएको छ । यसैबीच ६१ हजार ७२८ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ७८ हजार १८८ कुल संक्रमित भएका छन् भने २७ हजार ७०९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा २ लाख ५५ हजार ३६८ जना संक्रमित भएका छन् भने १६ हजार ८५३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ४५९ जना ठिक भएका छन् । बेल्जियममा ५५ हजार ५५९ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ८० जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ६५७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७७ हजार २८९ कुल संक्रमित भएका छन् भने ८ हजार १२३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५४ हजार ६ सय निको भएर फर्किएका छन् । इरानमा एक लाख २२ हजार ४९२ कुल संक्रमित भएका छन् भने ७ हजार ५७ जनाको मृत्यु भएको छ । यसैबीच ९५ हजार ६६१ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *