मोरङमा कोरोना संक्रमित देखिएपछि लकडाउनमा थप कडाई (फोटो फिचर)

सुजता निङ्लेकु/

विराटनगर । मोरङमा कोरोना भाईरस संक्रमित देखिएसँगै लकडाउनमा कडाई गरिएको छ ।

आईतबार साँझ विराटनगरका १५ हडतालिहाटका ३५ वर्षे युवा र विराटनगर ६ का २९ वर्षे महिलामा कोरोना पुष्टि भएसँगै स्थानीय प्रशासनको निर्णयमा (सोमबार)बाट लकडाउनमा कडाई गरिएको हो ।

भने कोरोनापछि सो दुई वडामा सोही दिन सिलबन्दी गर्ने स्थानीय प्रशासनले निर्णय गरेर लागू गरिएको छ ।

विराटनगरको बसपार्कदेखि कंचनबारी एपोर्टसम्मका सडक सुनसान भए पनि सर्वसाधरणको लकडाउन उलंघन गर्ने क्रियाकलाप नहटेको डिउटीमा खटिएको एक सुरक्षाकर्मीले देखाए । उनका अनुसार कोही अस्पतालको पुर्जी बोकेर हिँड्ने, कोही धारा, टेलिफोनको बिल तिर्ने बाहानाले हिँडने गरेको पाईएको छ ।

लकडाउनको ५६ दिन आईपुग्दा र कोरोना भाईरसको प्रकोप दिनप्रतिदिन बढ्दा पनि मानिस अटेर नै रहेको उनले बताए । उनका अनुसार लकडाउन उलंघन गर्नेकोे सवारी नियन्त्रणमा लिएको ५ मिनेट भएको हुँदैन छुटाइदिनका लागि फोन तारको तार आउने गरेको उनको गुनासो छ ।

उनले भने, ‘कहिलकाँही माथीबाट आएको सोर्सफोर्सले गर्दा हामी सडकमा खटिएर काम गर्नेको हौसला कम्जोर हुने गर्दछ ।’

बिहानदेखि नै विराटनगरका विभिन्न बजार क्षेत्र साथै भित्रि सडकमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको साथै चेकजाँचलाई तिव्रता दिईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जनकारी दिए ।

प्रवक्ता राईका अनुसार स्वास्थ्यकर्मी र संचारकार्मीलाई मात्रै सडकमा निस्कन अनुमति दिइएको छ, भने विराटनगरको विभिन्न क्षेत्र, जहाँ अत्यन्तै भिडभाड हुन्छ सो स्थानहरुमा सिल लगाईएको राईको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार साँझ जारी गरेको विज्ञप्ति अनुसार अत्यावश्यक औषधि पसल, पानी र दुध पसल बाहेक अन्य क्रियाकलापहरु बन्द रहने जनाईएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *