उपत्यकासहित देशभर तापक्रम बढ्यो, वर्षाको सम्भावना कति ?

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भई घाम लागेकाले काठमाडौं उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ ।

शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आइतबार ३० दशमलव सात डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने भइरहने छ’, महाशाखाले भन्यो, ‘कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना छैन ।’

महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

जेठ ५ गते (सोमबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ६ गते (मंगलबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ७ गते (बुधबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *