‘विदेशमा रहेका नेपालीलाई सुरक्षित नेपाल ल्याऊ’ डा. कोइराला

काठमाडौं । विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने प्रबन्ध गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार समक्ष माग गरेका छन् ।

नेपालको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गरी स्वदेश फर्कन सरकारले ठोस कदम चाल्नुपर्ने अवस्थामा सरकार मुकदर्शक भएर बसेको प्रति आक्रोश ब्यक्त गर्दै डा. कोइरालाले स्वदेश फर्कन चाहनेलाई राज्यले रोक्न नहुने बताए ।

उनले सिमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई पनि मुलुक भित्र प्रवेश गर्न दिनुपर्ने बताएका छन् । हरेक नेपाली नागरिकको स्वदेश फिर्न पाउने अधिकारको सम्मान गर्दै उनीहरुलाई सुरक्षित रुपमा प्रवेश गराउनु राज्यको दायित्व रहेको कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाको भनाई छ । 

‘बिदेशमा रहनुभएका श्रमजीवि नेपाली दिदीबहिनी तथा दाजुभाइहरु जसले नेपालको अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान गरिरहनु भएको छ । बिबिध कारणले ति मध्ये धेरै स्वदेश फर्कन चाहनुहुन्छ ।’ डा. कोइरालाले भनेका छन् । सिमामा आएर धेरै कष्ट झेलेका नेपालीलाई कोरोना संक्रमणबाट बचाउँदै यथाशीघ्र नेपाल आउने वातावरण सिर्जना सरकारले गर्नुपर्ने डा. कोइरालाको धारणा छ ।

अहिले नेपालका विभिन्न सिमा क्षेत्रमा हज्जाराैं नेपाली नागरिक जाे राेजगारीका लागि छिमेकी मुलुक भारत गएका थिए । उनीहरू विश्वब्यापी काेराेना संक्रमणकाे उच्च जाेखिममा छन् । यसका अलावा बैदेशिक राेजगारीकाका लागि विभिन्न खाडी मुलुक गएका नेपालीहरू पनि त्यहाँ अलपत्र परेकाे जानकारी आएपनि राज्यले अहिले सम्म कुनै ठाेस कदम चाल्न सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *