नेपाल बङ्गलादेश बैँकले कर्मचारीहरुको कोरोना भाइरस विरुद्धको बीमा ग¥यो

काठमाडौँ । नेपाल बङ्गलादेश बैकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (covid-19) महामारी विरुद्धको बीमा गरेको छ ।
बैकमा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बीमा गरेको बैकले जनाएको छ । भने बैक र आईएमई जनरल इन्योरेन्स बिचमा कोरोना बीमाको सम्झौता भएको हो ।
सम्झौता अनुसार अब बैकमा कार्यरत कुनैपनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा Polymerase Chain Reaction (PCR) टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *