इजरायलका लागि चिनियाँ राजदूत दु वेई अपार्टमेन्टमा मृत अवस्थामा भेटिए
२०७७ जेठ ४ गते

काठमाडौँ । इजरायलका लागि चिनियाँ राजदूत दु वेई आइतबार बिहान मृत भेटिएका छन्।
बेलायती प्रसारण संस्था (बिबिसी) अनुसार ५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्थामा तेल अभिभको अपार्टमेन्टमा मृत भेटिएका हुन्।
उनको मृत्युको कारणले भएको हो भन्ने बारे खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यसअघि युक्रेनका लागि राजदूत रहेका दु वेई गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए।
मध्य फेब्रुअरीमा कार्यभार सम्हाल्न इजरायल पुगेका उनी सुरूमा १४ दिन क्वारेन्टिनमा बसेका थिए।
२०७७ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित









