फरवार्ड माइक्रोफाइनान्सको चालु तेस्रो त्रैमासको नाफा २१ करोड ७६ लाख

काठमाडौं । लघुवित्त क्षेत्रमा अग्रणी रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फरवार्डले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड ७६ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.७४ प्रतिशतले कम हो ।

गत वर्ष संस्थाले २३ करोड ५८ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष ३६ करोड ९९ लाख ६१ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ३१ करोड १८ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ ।

फरवार्डको खुद ब्याज आम्दानी पनि ४.८६५ ले घटेर ५६ करोड २१ लख ३८ हजार रुपैयाँमा पुगेको छ । ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आउँदा खुद नाफा संकुचित भएको हो ।

यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २७८ रुपैयाँ ०१ पैसा छ । खराब कर्जा अनुपात पनि ०.३५ ले बढेर १.०६५ पुगेको छ ।

चालु त्रैमासमा फरवार्डको वित्तीय विवरण गत वर्षको भन्दा कमजोर हुनुमा कोभिड–१९ को चपेटामा मुलुक ५३ दिनदेखि लकडाउनमा रहेकाले आशातित कारोबार गर्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *