आज जेठ ४ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ ०४, २०७७ । ई.सं. 17 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण ग्रीष्म । आइतवार ज्येष्ठ कृष्णपक्ष । तिथि दशमी, १४:०२ बजे उप्रान्त एकादशी । नक्षत्र पूर्वभाद्रपदा, १५:३० बजे उप्रान्त उत्तरभाद्रपदा । योग विष्कम्भ, २९:०२ बजे उप्रान्त प्रीति । करण भद्रा १४:०२ बजेदेखि वव, २६:५९ बजे उप्रान्त तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग चर । दिनमान ३३।४६ । सूर्योदय ०५:१६ । सूर्यास्त १८:४६ । पञ्चक । सर्वार्थसिद्धि योग १५:३० बजेपछि

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुखपनि मिल्नेछ । सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन रोकिएको पैसा हातलाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघटपनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *