कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो
२०७७ जेठ ३ गते

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो।
उनको विद्युतीय शवदाहमा शव जलाइएको सुरक्षास्रोतले जनाएको छ ।
मृतक महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।
धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेर दाहसंस्कार गरेका हुन् ।
२०७७ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित









