धुलिखेल अस्पतालमा निधन भएकी महिलाको उपचारमा संलग्न स्वाथ्यकर्मीलाई आइसोलेशनमा राखियो

काठमाडौँ । काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएकी सुत्केरी महिलाको उपचारमा संलग्न डाक्टर तथा सम्पूर्ण स्वाथ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ।

उनलाई कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै राखिएको प्रहरी तथा अस्पतालका एक अधिकारीले जानकारी दिए।

नौं दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ती महिला सुत्केरी भएकी थिइन्। त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो।
उनमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजेटिभ देखिएको थियो। अस्पतालका अनुसार ती महिलामा कोरोना पोजेटिभ भएरनभएको यकिन भएको छैन।

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाका अनुसार ती महिलाको रिपोर्ट आउन बाँकी रहेको छ। धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ। सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *