आज मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

हाल देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। दिउँसो देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

भोलि देशको पूर्वी भू-भागका केही स्थान र मध्य तथा पश्चिमी पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। ५ जेठमा देशको पूर्वी पहाडी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *