टिचिङ अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा देखियो कोरोना संक्रमण
२०७७ जेठ ३ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं। त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। यसअघि टिचिङ अस्पतालको न्यूरो वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना सङ्क्रमण देखिएको थियो।
बालिकामा सङ्क्रमण देखिएपछि अस्पतालले न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर/नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो। स्वाब परीक्षणमा अस्पतालको न्यूरो वार्डमा रहेका बिमारीलाई भेट्न आएका एक जनामा कोरोना सङ्क्रमण देखिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ।
उनलाई अहिले अस्पतालको आइसोलेसनमा राखिएको छ। दाङका ४६ वर्षीय ती व्यक्ति न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएका थिए। ती व्यक्तिमा कहाँबाट कोरोना सङ्क्रमण फैलिएको हो भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको टिचिङ अस्पताल स्रोतले जनाएको छ।
२०७७ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








