कपिलवस्तुमा थपिए तीन जना कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो
२०७७ जेठ ३ गते

काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको हो। अब कुल सङ्क्रमितको सङ्ख्या २७६ पुगेको छ।
नयाँ पुष्टि भएका सङ्क्रमित कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका बासिन्दा हुन्। सङ्क्रमितहरु २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेको मन्त्रालयले जनाएको छ। यसअघि आज बिहान बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका ६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो। नयाँ तीन जनासहित शनिवार मात्रै कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ। शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए।
२०७७ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








