१७ लाख ५७ हजारले जिते कोरोना, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १७ लाख ५७ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो विवरण अनुसार १७ लाख ५७ हजार २ सय १७ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ८ हजार ४ सय ६३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४६ लाख २४ हजार ३ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार ५२४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख २२ हजार २६४ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ३६ हजार ७११ कुल संक्रमित भएका छन् भने ३३ हजार ९९८ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २३ हजार ८८५ कुल संक्रमित भएका छन् भने ३१ हजार ६१० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २० हजार २०५ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ७९ हजार ५०६ कुल संक्रमित भएका छन् भने २७ हजार ५२९ जनाको मृत्यु भएको छ । यसैबीच ६० हजार ४४८ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ७४ हजार ३६७ कुल संक्रमित भएका छन् भने २७ हजार ४५९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ८८ हजार ९६७ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा २ लाख १८ हजार २२३ जना संक्रमित भएका छन् भने १४ हजार ८१७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ८४ हजार ९७० जना ठिक भएका छन् । बेल्जियममा ५४ हजार ६४४ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ९५९ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ३०१ जना निको भएर फर्किएका छन् ।

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ४१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको भने १० हजार ५९८ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ८४३ पुगेको छ ।

जर्मनीमा एक लाख ७५ हजार ६९९ कुल संक्रमित भएका छन् भने ८ हजार १ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५१ हजार ७०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख १६ हजार ६३५ कुल संक्रमित भएका छन् भने ६ हजार ९०२ जनाको मृत्यु भएको छ । यसैबीच ९१ हजार ८३६ जना निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४३ हजार ६८१ जना संक्रमित भएका छन् भने ५ हजार ६४३ जनाको मृत्यु भएको छ । क्यानाडामा ७४ हजार ६१३ जना संक्रमित भएका छन् भने ५ हजार ५६२ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ हजार ८९५ जना ठिक भएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ९३३ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २०९ निको भएर फर्किएका छन् ।

टर्कीमा एक लाख ४६ हजार ४५७ जना संक्रमित भएका छन् भने ४ हजार ५५ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख ६ हजार १३३ जना निको भएर फर्किएका छन् । मेक्सिकोमा ४२ हजार ५९५ जना संक्रमित भएका छन् भने ४ हजार ४७७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *