कोरोनाको असर अध्ययन गर्न विनोद चौधरीको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि अध्ययन समिति गठन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल काग्रेसले आफ्ना सांसद उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् ।

अन्य सदस्यहरुमा छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

समितिमा सदस्य संख्या २१ जना नबढ्ने गरी थप्न सकिने नेपाली कांग्रेसले जनाएको छ ।

गठित समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिने बताइएको छ ।

कांग्रेसलेजारी विज्ञप्तिमा दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *