बाँके र मकवानपुरमा ९ जनामा कोरोना पुष्टि, २५८ पुगे संक्रमित
२०७७ जेठ २ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके र मकवानपुरमा गरी थप ९ जनामा कोरोना देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिका- १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

२०७७ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








