कोरोनाबाट ३ लाख बढीको मृत्यु, अमेरिकामा मात्रै ८६ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख ३ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ३ हजार ७१ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४५ लाख २१ हजार २ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १७ लाख २ हजार १ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख १६ हजार ७२४ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ३३ हजार १५१ कुल संक्रमित भएका छन् भने ३३ हजार ६१४ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख २३ हजार ९६ कुल संक्रमित भएका छन् भने ३१ हजार ३६८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख १५ हजार २८८ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ७८ हजार ८७० कुल संक्रमित भएका छन् भने २७ हजार ४२५ जनाको मृत्यु भएको छ । यसैबीच ५९ हजार ६०५ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ७२ हजार ६४६ कुल संक्रमित भएका छन् भने २७ हजार ३२१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ८६ हजार ४८० जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा २ लाख २ हजार ९१८ जना संक्रमित भएका छन् भने १३ हजार ९९३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ७९ हजार ४७९ जना ठिक भएका छन् । बेल्जियममा ५४ हजार २८८ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ९०३ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार १११ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७४ हजार ९७५ कुल संक्रमित भएका छन् भने ७ हजार ९२८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५० हजार ३०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख १४ हजार ५३३ कुल संक्रमित भएका छन् भने ६ हजार ८५४ जनाको मृत्यु भएको छ । यसैबीच ९० हजार ५३९ जना निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४३ हजार ४८१ जना संक्रमित भएका छन् भने ५ हजार ५९० जनाको मृत्यु भएको छ । क्यानाडामा ७३ हजार ४०१ जना संक्रमित भएका छन् भने ५ हजार ४७२ जनाको मृत्यु भएको छ । त्यस्तै ३६ हजार ९१ जना ठिक भएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ९२९ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार १९५ निको भएर फर्किएका छन् । टर्कीमा एक लाख ४४ हजार ७४९ जना संक्रमित भएका छन् भने ४ हजार ७ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख ४ हजार ३० जना निको भएर फर्किएका छन् ।

मेक्सिकोमा ४० हजार १८६ जना संक्रमित भएका छन् भने ४ हजार ७ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म २६ हजार ९९० जना निको भएर फर्किएका छन् । स्विडेनमा २८ हजार ५८२ जना संक्रमित भएका छन् भने ३ हजार ५२९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *