मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर आजदेखि देशभर मौसम सुधार हुँदै जाने छ ।

केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले यी प्रणाली नेपालबाट बाहिरिइसकेकाले अब केही दिन मौसम सफा हुनेछ । अहिले नेपालमा प्रिमनसुनको समय भएकाले प्रिमनसुनको प्रभावमात्र रहेको छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।

आज देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ । भोलि देशको पहाडी भूभागमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
जेठ २ गते (शुक्रबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागहरु सहित मध्य क्षेत्रको तराइ भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थानहरु तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ४ गते (आइतबार)

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा मध्यान्न पछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा अपरान्हपछि एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली र पुर्वी तराई तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *