पूर्वराजालाई काठमाडौं जाने पास दिन झापा प्रशासनले माग्यो गृहको अनुमति

काठमाडौं । झापा प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापा बाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न गृहमन्त्रालयसँग अनुमति मागेको छ।

पूर्वराजा शाहले काठमाडौं आउने पासका लागि निवेदन गरेपछि झापा प्रशासनले पासका लागि गृहसँग अनुमति मागेको हो ।

प्रशासनले पास जारी गरेपनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘उहाँले आज पासको लागि निवेदन गर्नुभएको थियो। हामीले जारी गरिदियौं तर केही बेरमा प्रकृया नपुगेको भन्दै गृहले खारेज गरेको हो,’ ‘अहिले फेरि हामीले गृहसँग अनुमति लिदैँछौं।’

प्रमुख जिल्ला अधिकारी रानामगरले अहिले पास जारी गर्न प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिन पर्ने व्यवस्था रहेको र सोही अनुसार प्रकृया नपुगेपछि गृहले खारेज गरिदिएको बताए । फेरि प्रशासनले गृहसँग अनुमति लिन प्रकृया थालिसकेको उनले बताए।

पूर्वराजा शाहले कारणमा काठमाडौं जाने भन्नेमात्रै उल्लेख गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *