गोर्खा वेल्फेयर ट्रष्टद्धारा वीपी प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान

धरान । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ लाख मुल्यभन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले प्रतिष्ठानलाई ४ वटा ह्याण्ड वास पोइन्ट सहित विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वेल्फेयर अफिसर पूर्णप्रसाद लिम्वुले बताए ।

वेल्फेयरले प्रतिष्ठानलाई एन ९५ मास्क, आई आर थर्मोमिटर, मेडिकल ग्राउन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण प्रदान गरेको छ ।

डिएफआईडीको आर्थिक सहयोगमा ती स्वास्थ्य सामाग्रीहरु प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिएको थियो । ती स्वास्थ्य सामग्रीको बजार मुल्य ५ लाख १० हजार ५ सय ३१ रुपैंया रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *