भारतमा आतंक मच्चाउँदै काेराेना भाइरस, एकै दिन १३५ काे मृत्यु

काठमाडाैं । काेराेना भाइरसले भारतमा आतंक मच्चाउने देखिएकाे छ । भारतमा हरेक दिन काेराेना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ हजार ५ सय ५१ पुगेकाे छ भने संक्रमितकाे संख्या ७८ हजार नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३५ जनाको मृत्यु भएको छ ।

मंगलबार पनि ३५ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । आइतबार भने भारतमा एकैदिन हालसम्मकै बढी ४ हजार ३५३ नयाँ काेराेना संक्रमित फेला परेका थिए । यसैबीच २६ हजार ४ सय जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

भारतका बढि जनघनत्व भएका शहरमा काेराेना भाइरस द्रुत गतीमा फैलिइरहेकाे छ । गत साताबाट भारत सरकारले लकडाउनलाइ केहि खुकुलाे बनाएसँगै काेराेना संक्रमित बढेकाे भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *