कोभिड–१९ का कारण मुत्यु हुनेको संख्या ३ लाख पुग्न लाग्यो, सबै भन्दा धेरै अमेरिकामा, नेपालमा कति ?

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट मृत्यु हुनेको संख्या तीन लाख पुग्न आँटेको छ । कोभिड–१९ को उद्गम स्थल चीनमा नियन्त्रणमा आइसकेको कोभिड–१९ ले यतिबेला युरोप र अमेरिकालाई गाँजेको छ ।

विश्वभर आज विहानसम्मको रेकर्डमा २ लाख ९८ हजार ०५९ जनाको मृत्यु भएकोमा अमेरिकामा मात्रै ८५ हजार १९७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एक लाख भन्दा बढिको कोरोना संक्रमणबाट ज्यान जानसंक्ने अनुमान गरीएको छ । अमेरिकामा आजसम्म १४ लाख ३० हजार ३४८ संक्रमित पुगेका छन् । यी मध्ये ३ लाख १० हजार २५९ उपचार पछि निको भएका छन् । भने, १६ हजार ३४९ गम्भिर केस रहेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २७ हजार ५४३ पुगेको छ । विश्वभर कोरोनाको उपचार पश्चात निको हुनेको संख्या १६ लाख ५७ हजार ७३५ रहेको छ ।

अमेरिका पछि कोरोना भाइरसबाट बेलायतमा धेरैको मृत्यु भएको छ । आज विहानसम्मको तथ्यांकमा बेलायतमा ३३ हजार १८६ ले ज्यान गुमाएका छन् । बेलायतमा संक्रमितको संख्या २ लाख २९ हजार ७०५ रहेको छ ।

इटालीमा ३१ हजार १०६ले ज्यान गुमाएका छन् जहाँ २ लाख २२ हजार १०४ संक्रमित छन् । जसमध्ये १ लाख १२ ५४१ निको भइसकेका छन् ।

यता स्पेनमा २७ हजार बढिले ज्यान गुमाएका छन् । स्पेनमा २७ हजार १०४ ले ज्यान गुमाउँदा ६० हजार ७६४ एक्टिभ केस रहेका छन् । फ्रान्समा पनि २७ हजार बढिले ज्यान गुमाएका छन् । ब्राजिल, जर्मनी, इरान, बेल्जिएम, क्यानडा, टर्की, चाइना, नेदरल्याण्ड, स्विडेन, इक्वेडर, मेक्सिको जस्ता देशहरुमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढि छ ।

पछिल्लो समय कोरोना भाइरस दक्षिण एशियाली देशहरुमा सक्रिय भएको छ । दक्षिण एशियाली देशहरुमा पनि भारतमा कोरोनाको संक्रमण बढ्दो छ । भारतमा मात्रै आज विहानसम्म २ हजार ५५१ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ७८ हजार ०५५ जना संक्रमित भेटिएका छन् । पाकिस्तानमा ७६१ को मृत्यु भएको छ ।

बंगलादेशमा २६९ को मृत्यु हुँदा अफगानिस्तानमा १३२, माल्दिभ्समा ४ जना, श्रीलंकामा ९ जनाको मृत्यु भएको छ । सार्क राष्ट्रमा भुटानमा सबैभन्दा कम संक्रमित छन् । हालसम्म भुटानमा ११ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पनि थपिए संक्रमित

काेराेना भाइरस संक्रमितकाे संख्या पछिल्लाे समय नेपालमा पनि थपिँदाे क्रममा छ । आज विहान मात्रै थप दुइ संक्रमित फेला परेपछि नेपालमा काेराेना संक्रमितकाे संख्या २४५ पुगेकाे छ ।

काेराेना संक्रमणलाइ शताब्दीकै ठूलाे महामारीका रूपमा लिइएकाे छ । 

थप जानकारीका लागी जानुहाेस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *