अतिक्रमित नेपाली भूमी फिर्ताकाे माग गर्दै बहिर्गमित जनमुक्ती सेनाद्वारा माेदीकाे पुत्ला दहन

काठमाडाैं । बहिर्गमित जनमुक्ती सेना नेपालले भारतीय पक्षले लिपुलेक, लिम्पियाधुरामा नेपाली भूमी अतिक्रमण गरेकाे विरूद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला दहन गरेकाे छ । हिजाे साँझ करिब साँढे सात बजेतिर बहिर्गमित जनमुक्ती सेना नेपालले स्वयम्भू चाेकमा भारतीय विस्तारवाद विरूद्ध चर्का नारा लगाउँदै माेदीकाे पुत्ला दहन गरेकाे हाे ।

विस्तारवादी भारतले नेपाललाई पटकपटक आफ्नो दादागिरी देखाउदै आईरहेकाे र अहिलेसम्म नेपालको मातृभूमी अतिक्रमण गर्न नछाेडेकाे विरूद्ध र नेपाल सरकारकाे लम्पसारवादी साेचकाे विरूद्ध माेदीकाे पुत्ला दहन गरिएकाे बहिर्गमित जनमुक्ति सेना नेपालका प्रवक्ता राजन थापाले बताए ।

‘नेपाल सरकारका दलहरूमा कसरी हुन्छ सत्ता टिकाउने भन्ने फोहोरी खेल मै धेरै चिन्ता भएको देखियो कहिले ९ महिने सरकार, कहिले ५ महिने सरकार, कहिले १० महिने सरकार, निर्माण गर्दै पालैपालो सत्ता सञ्चालन गर्दै आएकाले सत्तामा रहहुञ्जेल आफ्नो भूमी माथी कुनै चासो देखाउन सकेनन् । नेपाली दलहरू र सरकारकाे यही रवैयाले भारतले पटक-पटक नेपाली भूमी मिचेकाे हाे ।’ थापाले भने ।

उनले नेपाली दलहरूमा नैतिकता नै नभएकाे जिकिर गरे । ‘जब सरकार बाहिर हुन्छन् राष्ट्रियताको कुरा घन्काउँछन । २०७२ सालको भुकम्पपछि भारतले गरेको नाकाबन्दिको बेला भारत बिरुद्ध बोल्दै प्रधानमन्त्री केपी ओलीले राष्टियताको कुरा गरेका थिए । तर, त्याे नक्कली राष्ट्रवाद रहेछ भन्ने कुरा अहिले प्रष्ट भएकाे छ । जनताले जनमत दिएर सत्तामा पुर्याएपछि उनकाे नक्कली राष्ट्रवादकाे पर्दाफास भएकाे छ ।’ थापाले भने ।

बहिर्गमित जनमुक्ती सेना नेपालले ‘भारतीय विस्तारवादले नेपालको भूमीमाथि बुट बजार्दै मातृभूमी अतिक्रमण गर्दै नक्सा छापेर सडक नै बनाउँदा पनि चू सम्म बाेल्न नसक्ने प्रधानमन्त्री ओली कसरी राष्टबादी हुन सक्छन् ?’ भन्दै प्रश्न गरेकाे छ । कोभिड १९ को संक्रमणबाट बच्न विश्व नै लकडाउन भएको मौका छोपि नेपालको भूमीमाथि सडक बनाएर बैधानिक रुपमा उद्वाघाटन गर्दा पनि थाहा नपाउनु सरकारकाे गैरजिम्मेवारीकाे पराकाष्टा भएकाे ठहर गरीएकाे छ ।

बहिर्गमित जनमुक्ती सेनाले भारतद्वारा अतिक्रमण भएको जमिन फिर्ता गराउन नेपाली सरकारलाई ध्यानाकर्षण गराउन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ता दहन गरि बिरोध गर्नको लागि हिजाे १२:४५ बजे लैनचौरस्थित भारतीय दुताबास अगाडि पुत्ला दहन गर्ने कार्यक्रम राखिए पनि कार्यक्रम विफल बनाउन ललितपुर, भक्तपुर र काठमाडाैं भ्यालीबाटै आउने साथीहरुलाई बाटो मै अबरोध गरेकोले दिउसाेकाे कार्यक्रम स्थगित गरिएकाे बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *