आज जेठ १ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

वि.सं. जेठ ०१, २०७७ । ई.सं. 14 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण । ग्रीष्म बिहीवार । ज्येष्ठ कृष्णपक्ष । तिथि सप्तमी, १०:०९ बजे उप्रान्त अष्टमी । नक्षत्र श्रवण, ०९:४४ बजे उप्रान्त धनिष्ठा । योग ब्रह्म, २८:१७ बजे उप्रान्त ऐन्द्र । करण वव १०:०९ बजेदेखि वालव, २२:३२ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादि योग ध्वज । दिनमान ३३।३७ । सूर्योदय ०५:१७ । सूर्यास्त १८:४४ । ज्येष्ठ संक्रान्ति। अष्टमी व्रत। सूर्य वृष राशिमा २१:१४ बजे प्रवेश। धनिष्ठा पञ्चक २२:२६ बजे प्रारम्भ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाटपनि लाभ मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समयपनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको कामपनि विग्रिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *