कपिलवस्तुमा भेटिएका कोरोना संक्रमितमा नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी समेत

काठमाडौं । आज भेटिएका २४ जना कोरोना संक्रमितमा कपिलवस्तुमा भेटिएकामा नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी समेत रहेको पाइएको छ ।

सरकारी सुरक्षा निकायकालाई समेत कोरोना संक्रमण देखिएपनि मुलुकमा कोरोनाले वितण्डा मच्चाउने देखिएको छ । संगठित रुपमा सुरक्षा निकायमा रहने ब्यक्तिहरुलाई नै कोरोना देखिएपछि उनीहरु कहाँ कहाँ गए त्यसले जोखिम बढ्ने संकेत देखिएको छ ।

भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका कपिलवस्तुका ८ जना पुरुषहरुमा नेपाल प्रहरी, सशष्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहेको स्रोतको दावि छ । ८ जना मध्ये कतिजना कुन मातहतका हुन् खुलाइएको छैन ।

‘कपिलवस्तुमा भेटिएका संक्रमित महेन्द्र माविको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहेका छन् ।’ स्रोतले भन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *