जनकपुरका एक पत्रकारमा पनि देखियो कोरोना संक्रमण
२०७७ वैशाख ३१ गते

जनकपुर। जनकपुरका एकजना पत्रकारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार धनुषाका दुइ जनामा कोरोना संक्रमण देखिएको थियो।
उनीहरु दुई जनामध्ये एक जना संक्रमित पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। संक्रमित भेटिएका ठाउँ सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङको काम गरिने प्रशासनले जनाएको छ। उनीहरूलाई उपचारका लागि जनकपुरधामनस्थित प्रादेशिक अस्पतालमा पुर्याइएको छ।
पत्रकारलाई पनि कोरोना संक्रमण देखिएपछि जनकपुरका पत्रकारहरु त्रसित बनेका छन्। संक्रमित पत्रकारको सम्पर्कमा अरु धेरै पत्रकार पनि रहेकोले उनीहरुको पनि परीक्षणको तयारी भइरहेको छ। यसअघि मंगलबार पर्साका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
२०७७ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








