कीर्तिपुरमा भोक निवारण द्रुत कार्य समूह

काठमाडौं। कीर्तिपुर नगरपालिकाले नगरभित्र बसोबास गर्ने व्यक्ति भोकै नपरुन् भनेर खानाको व्यवस्थापन गर्न दु्रत कार्य समूह गठन गरेको छ। लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्ने, बाहिर जिल्लाबाट आएका र नगरपालिकाका विपन्न घरपरिवारको समस्यालाई ध्यानमा राख्दै खाद्य पदार्थको व्यवस्थापनका लागि उक्त समूह गठन गरिएको जनाइएको छ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार अप्ठेरोमा परेका व्यक्तिलाई सम्पर्क गर्दै खाद्य पदार्थ होम डेलिभरी गर्ने गरिएको छ। ‘हामीले दु्रत कार्य समूह गठन गरेर खाद्य पदार्थको व्यवस्थापन गरेका छौँ, उपभोक्ताले समस्या भयो भनेर फोन गरेपछि आवश्यकताअनुसारको खाद्य पदार्थ लिएर हामी घरमै पुग्छौँ,’ प्रवक्ता रिजालले भनिन्, ‘हामीले पहिलो र दोस्रो चरणको राहत वितरण सकेर होम डेलिभरी गरेका हौँ, दु्रत कार्य समूहबाट खाद्य व्यवस्थापन र डेलिभरी व्यवस्थापन उपसमिति बनाएर खाद्य पदार्थको होम डेलिभरी गर्ने गरिएको छ।’

समूहका संयोजक रिजालका अनुसार पहिलो चरणमा चार हजार एक सय र दोस्रो चरणमा तीन हजार ५७५ घरपरिवारलाई राहत वितरण सकेर समस्यामा परेका मजदूर तथा न्यून वर्गका उपभोक्तालाई घरघरमै खाद्य पदार्थ पुर्‍याउँदै आइएको हो।-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =