नेकपाको स्थायी समिति बैठक आज, यस्ता छन् एजेन्डा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई सुझाव दिने र सीमासम्बन्धी विवादका बारेमा छलफल गरिने प्रमुख एजेन्डा भएको बताइएको छ । यसअघि वैशाख २५ गतेका लागि बोलाएको स्थायी कमिटी बैठक त्यसको अघिल्लो दिन बसेको सचिवालय बैठकपछि अनिश्चित बनेको थियो ।

सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि दुवै अध्यक्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका थिए । अध्यादेश प्रकरणमा पार्टीमा विवाद बढेपछि २० स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा बैठकको माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *