अमेरिकामा मात्रै ८३ हजारले ज्यान गुमाए, विश्वभर मृतक र संक्रमित कति ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख ९१ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ९१ हजार ३ सय ६६ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४२ लाख ५५ हजार १ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १४ लाख ८८ हजार ४ सय निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय २३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८३ हजार ३ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार २०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८ हजार ३९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ९३ हजार ३५८ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३२ हजार ६९२ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४०३ जनामा संक्रमण देखिएको छ । १ लाख ९३ हजार ४२७ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

इटालीमा २ लाख २१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४०२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २१ हजार २१६ पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ९ हजार ३९ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा एक लाख ७८ हजार २२५ कुल संक्रमित भएका छन् भने २६ हजार ९९१ जनाको मृत्यु भएको छ । यसैबीच ५७ हजार ७८५ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ६९ हजार ५२० कुल संक्रमित भएका छन् भने २६ हजार ९२० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ८० हजार ४७० जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख ७७ हजार ६०२ जना संक्रमित भएका छन् भने १२ हजार ४०४ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ७२ हजार ५९७ जना ठिक भएका छन् । बेल्जियममा ५३ हजार ७७९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७६१ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ७३२ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७३ हजार १७१ कुल संक्रमित भएका छन् भने ७ हजार ७३८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४७ हजार २०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख १० हजार ७६७ कुल संक्रमित भएका छन् भने ६ हजार ७३३ जनाको मृत्यु भएको छ । यसैबीच ८८ हजार ३५७ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४२ हजार ९८४ जना संक्रमित भएका छन् भने ५ हजार ५१० जनाको मृत्यु भएको छ । क्यानाडामा ७१ हजार १५७ जना संक्रमित भएका छन् भने ५ हजार १६९ जनाको मृत्यु भएको छ । त्यस्तै ३४ हजार ४२ जना ठिक भएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ९१९ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार १७१ निको भएर फर्किएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । ४७ हजार ७०८ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २४ हजार ४२० जना निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *