भारत : ७ प्रहरीको कोरोनाबाट मृत्यु, अधिकृतसहित १७ सय संक्रमित

मुम्बई । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको छ ।

पछिल्लो रिपोर्ट अनुसार थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन् ।

मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।

यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गर्नुभएको थियो । मुख्यमन्त्री उद्धव थाक्रेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र) सरकारबाट थप सहयोगको लागि माग गर्नुभएको बताइएको छ । – एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *