आज बैशाख ३१ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख ३१, २०७७ । ई.सं. 13 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण वसन्त । बुधवार ज्येष्ठ कृष्णपक्ष तिथि । षष्ठी, ०९:४७ बजे उप्रान्त सप्तमी । नक्षत्र उत्तराषाढा, ०८:४२ बजे उप्रान्त श्रवण । योग शुभ ०५:२९ बजेदेखि शुक्ल, २८:४१ बजे उप्रान्त ऐन्द्र करण । वणिज ०९:४७ बजेदेखि भद्रा, २१:५४ बजे उप्रान्त कौलव । चन्द्रराशि मकर । आनन्दादि योग मुद्गर । दिनमान ३३।३४ । सूर्योदय ०५:१८ । सूर्यास्त १८:४४ । वैशाख मसान्त ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजनापनि बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *