बर्दियामा कोरोना पुष्टि भएकी बालिका बसेको कैलालीको मजगाउँ ‘सिल’

कैलाली । बर्दियामा कोरोना भाइरस संक्रमण पुष्टि भएकी बालिका बसेको कैलालीको गोदावरी नगरपालिकाको एक गाउँ नै सिल गरिएको छ । कोरोना पुष्टि भएकी बर्दियाकी ११ वर्षीया बालिका भेटघाट गर्न आएकी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ८ मजगाउँ सिल गरिएको हो ।

चैत ५ गते आफ्नो बज्यैसँग मजगाउँ आएकी बालिका बैशाख १२ गते जिल्लाकै भजनी गाउँपालिकामा आफन्तको घर गएकी थिइन् । सोही बाटो हुँदै उनी १६ गते बर्दिया फर्केको खुलेको छ ।

ती बालिकाको सम्पर्कमा आएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए । उनकाअनुसार बालिकाको सम्पर्कमा आएका २१ परिवारका एक सय ३० जनाको पीसीआर विविधबाट परीक्षण गरिने बताए ।

‘स्वाव संकलनका लागि नगरपालिकाको स्वास्थ्य शाखाको टोली खटिदैछ,’ उनले भने, ‘सबैलाई घर भित्रै बन्न भनेका छौं ।’ भजनीमा पनि बालिकाको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *