कोरोनाको ‘हटस्पट’ भुल्केमा एकै परिवारका ५ जना संक्रमित

गाईघाट । नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए । गत शनिबार थप चार जनामा पुनः कोरोना सङ्क्रमण देखिएपछि ती चारमध्ये दुई जना एउटै घरका ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमती रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये दुई-तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ । हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये छ भारतीय जमाती, आठ भुल्केका स्थानीय नागरिक गरेर १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बाँकी २२ जनाको कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ ।

मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *