सरकारले भारतीय राजदूतलाई दियो लिपुलेकबारे ‘कूटनीतिक नोट’

काठमाडौं। सरकारले नेपाल भूमि लिपुलेकमा सडक निर्माण गरिएकोमा विरोध स्वरूप भारतीय राजदूतलाई ‘कूटनीतिक नोट’ दिएको छ। परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको सामाजिक सञ्चाल ट्विटरमार्फत जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि मिचेर सडक खनेको घटनाबारे जानकारी लिएको एक अधिकारीले जनाएका छन्। परराष्ट्र स्रोतका अनुसार नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा राजदूत क्वात्रालाई ‘कूटनीतिक नोट’ दिइएको हो।

यसकै आधारमा नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने दाबी पनि अधिकारीको छ। भारतको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कुनै खालको गतिविधि नगर्न एक विज्ञप्ति जारी गरेर भारतसँग आग्रह गरेको थियो। नेपालले उक्त घटनाका विषयमा असन्तुष्टि जनाएपछि भारतले नेपाली भूमिमा आफूले सडक नबनाएको प्रतिक्रिया दिएको छ।

उसले उत्तराखण्डको पिथौरागढ जिल्लामा सडक बनाइएको उल्लेख गर्दै आएको छ। गत शुक्रबार नेपाली भूमि हुँदै चीनको मानसरोवर जाने सडकमार्ग भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *