चीनद्वारा नेपाललाई ४० हजार परीक्षण किट हस्तान्तरण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सँग लड्नका लागि चीनले नेपाललाई ४० हजार पिसिआर टेस्ट किट उपलब्ध गराएको छ । कोरोना भाइरस नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पिसिआर परीक्षण किट सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

आज चीनले ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिन् ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदाहरण बनेका बताए ।

चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *