विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई फर्काउनेबारे संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं। विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता भएको छ। कांग्रेस सांसद गगन थापाले सोमबार ‘कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ शीर्षकको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन्।

प्रस्तावमा विदेशमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी नेपालमा ल्याउन आग्रह गरिएको छ। प्रस्तावमा भनिएको छ, ‘कयौं श्रमिकहरुले खान नपाएका, पारिश्रमिक नदिइएकाहरु आफूसँग भएको रकम सकिएपश्चात् खाद्यान्न र अत्यावश्यक सामाग्री समेत किन्न नसक्ने अवस्थामा पुगेका घटनाहरू सार्वजनिक भइरहेका छन्। रोजगारी गुमाउनेक्रम बढ्दै गएको छ।’

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मलेसिया, साउदी, कतार, युएई बहराइन, ओमनलगायतका देशमा महामारी बढ्दै गएकोले त्यहाँ अप्ठेरोमा परेका नेपाली नागरिकलाई सुरक्षित रुपमा नेपाल फर्काउन आग्रह गरिएको छ। सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेको प्रस्तावमा यस बिषयमा संसदमा छलफल गरि सरकारलाई निर्देशन र सुझाव दिन आग्रह गरिएको छ।

फर्केनेहरुका लागि बन्द रहेका होटल, रिसोर्ट, पार्टी प्यालेस, क्वारेन्टाइन सेन्टरको रुपमा व्यवस्था गर्न सकिने विकल्प सुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *