सप्तरीमा थप एक जनामा कोरोना संक्रमण, सोमवार ११ जना संक्रमित भेटिए
२०७७ वैशाख २९ गते

काठमाडौं। सप्तरीमा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको छ। सोमबार बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा सङ्क्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार दिउँसो सप्तरीमा थप एक जना व्यक्तिमा सङ्क्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ सङ्क्रमित १८ वर्षीय युवक हुन्। उनी डाक्नेश्वरी नगरपालिका-३ का बासिन्दा हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२१ पुगेको छ। हालसम्म ३१ जना उपचारपछि घर फर्किसकेका छन्। तीमध्ये पनि तीन जनामा सङ्क्रमण देखिएपछि उनीहरूको उपचार भइरहेको छ।

२०७७ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








