हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अहिले पनि पश्चिमका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव परिरहेको छ । सोही कारण आज र भोलि पनि देशका विभिन्न स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

बैशाख २९ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३० गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३१ गते (बुधबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः देशको पुर्वी तथा मध्य भु-भाग भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *