आज बैशाख २९ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २९, २०७७ । ई.सं. 11 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण वसन्त । सोमवार ज्येष्ठ कृष्णपक्ष ।तिथि चतुर्थी, १०:३३ बजे उप्रान्त पञ्चमी । नक्षत्र मूल , ०८:०८ बजे उप्रान्त पूर्वाषाढा । योग सिद्ध, ०८:१६ बजे उप्रान्त साध्य । करण वालव १०:३३ बजेदेखि कौलव, २२:११ बजे उप्रान्त वणिज । चन्द्रराशि धनु । आनन्दादि योग लुम्ब । दिनमान ३३।२९ । सूर्योदय ०५:१९ । सूर्यास्त १८:४३ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वाआज स्थ्यमा समस्या आउनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विद्या र बुद्धिको विकास हुनेछ । योजना तथा छलफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिलनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागीपनि भईएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलतापनि पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यात्रागरेमा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाई या नयाँ व्यक्तिसंग भेटघाट रहला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको योजना / थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *