सप्तरीका पियुश कर्णले जिते ३ दिने निःशुल्क अनलाईन हाजिरी जवाफ प्रतियोगता
काठमाडौं । सप्तरीका पियुश कर्णले ३ दिने निःशुल्क अनलाईन हाजिरी जवाफ प्रतियोगता जितेका छन् । नलेज मेस्ट्रोले आयोजना गरेको निःशुल्क हाजिरीजवाफ प्रतियोगिता पिपियुश कर्णले जितेका हुन् ।
लकडाउनको समयमा घरमा बसि एसईई दिन तयार भएका विद्याथीलाई आफ्नो पढाइलाई अभ्यास गराउन र बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले सो आयोजना नलेज मेस्ट्रोले आयोजना गरेको हो । ग्लोकल आफ्टर स्कूलद्वारा आयोजित नलेज मेस्ट्रो भिडियो कन्फरेन्स मार्फत अनलाइन आयोजित गरिएको थियो ।
कार्यक्रम ग्लोकल अफ्टर स्कूल र काठमाडौं वल्र्ड स्क’लकोे फेसबुक च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
उक्त प्रतियोगिता ८ मे देखि १० मेसम्म चलेको थियो ।
२२१ अवेदनबाट पहिलो चरण नकआउट राउन्डबाट २४ जना छनौट भएका थिए । दोश्रो चरणमा १६ र अन्त्यमा ३ बिजेता घोषणा गरी प्रतियोगिता समाप्त भएको हो ।
हाजिरी जवाफ प्रतियोगताको लागि प्रश्नहरू अनिवार्य विषयहरू जस्तै गणित, विज्ञान, सामाजिक, अंग्रेजी, नेपाली र एचपीईबाट सेट गरिएको थियो ।
विजेतालाई २५००० नगद पुरस्कार र ५० प्रतिशत छात्रबृति प्रदान गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा पवन पराजुली र तेस्रो स्थानमा तृप्ती अर्यललाई नगद पुरस्कार १५००० र ३० प्रतिशत छात्रबृत्ति र नगद पुरस्कार १०००० र २०प्रतिशत छात्रबृति क्रमशः प्रदान गरिएको थियो ।
ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘यो हाम्रो तेस्रो संस्करण हो जसको माध्यमबाट हामी मानिसहरूलाई बौद्धिक गतिविधिहरूमा संलग्न गराउन कोशिस गर्दैछौं । क्विजको सम्पूर्ण प्रक्रिया अनलाइन पूरा गरिएको थियो,विद्यार्थीलाई उत्प्रेरित र आउने दिनहरूको लागि दक्ष बनाउने उद्देश्यको साथ आयोजना गरिएको हो ।’