पश्चिममा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो रहला ?

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा भईरहेको छ ।

बाँकी स्थानमा पनि पहाडी क्षेत्र तथा तराइका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । पूर्वी भू-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परेको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

बैशाख २८ गते (आईतबार)
दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु-भागमा आंशिक बदली रहनेछ । पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पुर्व १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।

रातीः देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *