उदयपुरको भुल्केमा थप एक महिलामा कोरोना पोजेटिभ, मुलुकभर कोरोना संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । कोरोना इपी सेन्टर उदयपुरमा पुनः एक जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरको भुल्केमा आज थप एक जना महिलामा कोरोना पोजेटिभ देखिएको १ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कोशी अस्पताल स्थित कोरोना प्रयोगशालामा पिसिआरबाट ती महिलाको स्वाब परीक्षण गर्दा कोरोनो पोजेटिभ देखिएको मुख्यमन्त्री कार्यालयले बताएको छ ।

योसँगै मुलुकमा कोरोना पोजेटिभको संख्या ११० पुगेको छ । प्रदेश १ मा मात्रै ३५ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये उदयपुरमा मात्रै ३२ जना रहेका छन् । हिजो मात्रै उदयपुरमा ३ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रदेश १ बाट अहिलेसम्म १४ जना कोरोना संक्रमित निको भएर घर गइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *