उपत्यकामा आइतबारदेखि गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने

काठमाडौं । उपत्यकामा आइतबार (भोलि) देखि गाडी चलाउन टाइमकार्ड लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा आइतबारदेखि जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार हिजो काठमाडौं उपत्यकाका सिडिओ, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच भएको बैठकले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले पनि यसबारे स्वीकृति दिइसकेको उनले बताए ।

महाशाखा प्रमुख ढकालले सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको जानकारी दिएका छन् ।

त्यस्तै, उनले तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजे अगाबै ढुवानी गरिसक्नुपर्ने बताए । बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने उनले जानकारी दिएका छन् ।

ढकालका अनुसार कुनै अत्यावश्यक काम परेर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्ने छ । उनले बिनाकाम कसैले पनि निस्कन नपाउने र सरकारले तोकेको संस्थाहरू पनि सामाजिक दूरी कायम गरेर तोकेको समयमा मात्र यात्रा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *