कोरोना संक्रमण परिक्षण: १७० जनाको रिपोेर्ट नेगेटिभ

बर्दिया । कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ ।

एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । भने एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।
आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् ।
त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *