काठमाडौंको मौसममा क्रमिकः सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । विभिन्न वायु प्रणालीको प्रभावले झन्डै १ महिनादेखि जारी मौसम बदलदी भएपनि आज भने मौसममा सुधार हुने सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकालगायत धेरै स्थानमा मौसम सामान्यतया सफा छ ।

तर अनज दिउँसोसम्म मौसम सफा रहेपनि बेलुकादेखि भने पुनः बदलीको सम्भावना रहेको महाशाखाको भनाई छ । ‘अहिले देशभर प्रि-मनसुनको अवस्था छ, प्रि-मनसुनको अवस्थामा मौसम यस्तै हुन्छ,’ मौसमविद् सजिना शाक्यले भनिन, ‘शनिबार काठमाडौंमा मौसममा हल्का सुधार हुने स्थिति देखिएको छ ।’

शनिबार काठमाडौंसहित केहि स्थानमा हल्का सुधार भए पनि अन्य ठाउँमा मौसममा पूर्ण सुधार नहुने उनको भनाइ छ । महाशाखाका अनुसार आज देशका मध्य र पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून-चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभागनजिक बनेको न्यून-चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमाप्रवेश गरिरहेको छ ।

बैशाख २७ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराइका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (आइतबार)
दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरुमा, मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहनेछ। मध्यका केही स्थानहरुमा, पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *