आज बैशाख २७ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २७, २०७७ । ई.सं. 09 May, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० बछलागा । प्रमादी उत्तरायण वसन्त । शनिवार ज्येष्ठ कृष्णपक्ष । तिथि द्वितीया, १३:०८ बजे उप्रान्त तृतीया । नक्षत्र अनुराधा, ०९:२० बजे उप्रान्त ज्येष्ठा । योग परिघ, १२:३० बजे उप्रान्त शिव । करण गर १३:०८ बजेदेखि वणिज, २४:२१ बजे उप्रान्त वालव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग अमृत । दिनमान ३३।२२ । सूर्योदय ०५:२१ । सूर्यास्त १८:४२ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विस्तारै वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको परिश्रमबाट पछि फाईदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोवारबाट सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसंग प्रविधि मार्फत भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेकोकाम आधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग ममिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रमणीय र सुखद् जीवनयात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्त्वपूर्ण कामको योजना र पुन: थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *