सांसद यादव अपहरण प्रकरणः प्रहरीले थाल्याे अनुसन्धान

काठमाडौं । समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण केसमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले सत्तारुढ नेकपाका पूर्व आइजीपी सर्वेन्द्र खनाल र नेकपा सांसदद्वय महेश बस्‍नेत, कृष्णकुमार श्रेष्ठविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको हो ।

सरकारी वकिलको कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धीको जाहेरी दर्खास्त पठाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

सरकारी वकिल कार्यालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार अनुसन्धानका लागि प्रहरीको टोली महोत्तरी पठाएको छ। कार्यालयको निर्देशनमा अनुसन्धान अगाडी बढाइएको हो।

लकडाउनको समयमा सांसद बस्‍नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएको आरोप छ । प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि सांसद यादवले वैशाख २२ गते सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

फौजदारी कार्यविधि संहिताको दफा ४(१०) मा सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी सम्बन्धित प्रहरी कार्यालयमा पठाइने व्यवस्था छ। ऐनको व्यवस्था अनुसार तीन दिनभित्र प्रहरीलाई जानकारी पठाइए अनुसार अनुसान्धान अगाडि बढेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *